ऋण तिर्न बैंकको ताकेतापछि वडाध्यक्षद्वारा आत्महत्या

ऋण तिर्न बैंकको ताकेतापछि वडाध्यक्षद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज ।

कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको छ। सुर्खेतको मेहलकुना जान्छु भन्दै मंगलबार बिहान घरबाट निस्केका ६८ वर्षीय खड्का बुधबार भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।

घटनाको अनुसन्धान गरेको भारतीय प्रहरीले उनी बसेको होटलको कोठाबाट खड्काले लेखेको ‘सुसाइड नोट’ बरामद गरेको छ। भारतीय प्रहरीका अनुसार सुसाइड नोटमा एक बैंकमाथि गम्भीर आरोप लगाउँदै उसैले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख छ। भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गर्न विष सेवन गरेको खुलेको छ। आफन्तका अनुसार खड्काले गत वर्ष बैंकबाट २० लाख रुपैयाँ ऋण लिएका थिए। बैंकले किस्ता तिर्न बारम्बार ताकेता गरेपछि उनी तनाबमा थिए।

ऋण तिर्न बैंकले ताकेता गरेपछि खड्काले आफूले आत्महत्या रोजेको सुसाइड नोटमा उल्लेख गरेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए। सुसाइड नोटमा बैंकमाथि दोष दिँदै लेखिएको छ, ‘मलाई बैंकले बारम्बार ताकेता गरेर टेन्सन दियो, छोराहरूले पनि सहयोग गरेनन्।’ आफूले आत्महत्या रोजेकाले बास बसेको होटलका साहुलाई कुनै दुःख नदिनु भनेर पनि सुसाइड नोटमा लेखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले वडाध्यक्ष खड्काले सुसाइड नोट लेखेर आत्महत्या गरेको आफूले सुनेको बताए।
नागरिकबाट

Skip This
Skip This
Logo