काठमाडौं । हिमालयन शेर्पा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको एक मात्र खेलमा शेर्पाले मछिन्द्रलाई २–० ले हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपाधि दाबेदार मछिन्द्रको लिगमा यो पहिलो हार हो । शेर्पासँगको हारसँगै मछिन्द्रको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले १-० को अग्रता बनाएको थियो । त्यसपछि खेलको २० औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २-० को जित दिलाए ।
मछिन्द्रले भने खेलमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन । मछिन्द्रले दुवै हाफमा केहि गोलको उत्कृष्ट अवसर भने सिर्जना गरेको थियो ।
शेर्पासँगको हारसँगै मछिन्द्रको उपाधि होडमा समेत धक्का लागेको छ ।





























प्रतिक्रिया