मछिन्द्र र हिमालयन शेर्पाको खेल एन्फामा सारियो

मछिन्द्र र हिमालयन शेर्पाको खेल एन्फामा सारियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघले लगातारको वर्षाको कारण देखाउँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारेको छ ।

एन्फाले सानमिगेल मछिन्द्र क्लब र यती हिमालयन शेर्पाको खेल दिउँसो ३ः०० बजे सातदोबाटोमा सुरु हुने जानकारी गराएको छ ।

शुक्रबारको खेल सातौं चरणको पहिलो खेल हो । मछिन्द्र लिगको शीर्षस्थानमा छ भने शेर्पाले अहिले सम्म जित निकाल्न सकेको छैन । शेर्पाले लिगको ६ खेलमा ४ खेल त बराबरी नै गरेको छ । मछिन्द्र भने लिगमा १० गोल गर्दै सर्वाधिक गोल गर्ने टोली रहेको छ । मछिन्द्रले लिगका ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक जोडेको छ ।

Skip This
Skip This
Logo