काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारमध्ये रियालिटी शो द भ्वाईस अफ नेपालबाट चर्चामा आएकी गायिका आस्था राउत प्रहरीमाथि अपशब्द प्रयोग गरेका कारण भाइरल भएकी छिन । प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै भिडियोमा मनपरी बोलेपछि उनि सामाजिक संजालमा ट्रोलको शिकार समेत बनेकी छिन ।
तपाईले जम्ल्याहा बच्चा जन्मिएको त धेरै सुन्नुभएको होला । तिम्ल्याहा भने केहि कम सुन्नुभएको होला । तर पोखराको मणिपाल शिक्षण अस्पतालमा बिहिबार एक महिलाले चम्ल्याहा बच्चा जन्माएकि छिन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको तीन महिने ‘विशेष ट्राफिक उज्यालो अभियान’ अन्तर्गत काठमाडौँ उपत्यकामा पुस महिनामा मात्र ५४ हजार चालकलाई कारवाही गरिएको छ भने झण्डै ४२ हजार जनालाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको छ ।
राजधानीमा आज २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । यसै अन्तर्गत सरकारले पुस १५ देखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धि जनचेतना कार्यक्रम गरिरहेको छ ।
कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ संशोधनसहित पारित गर्दै छात्रवृतिको व्यवस्था गरेको हो ।





























प्रतिक्रिया