विराटनगर । मोरङकाे संघिया घाटमा जलाउन लगेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी गराए ।
बिहीबार विहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्त्रणमा लिएको जनाएको छ ।
मोरङका प्रहरी प्रमुख अधिकारीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल पठाइएकाे छ ।





























प्रतिक्रिया