काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार माघ ३ गते संसदीय दलको कार्यालय सिंहदरबारमा दिनको १ः३० बजे बैठक बस्ने छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख चयन गर्न नसक्दा प्रतिनिधी सभाको बैठक पटक पटक सरिरहेको छ । यहि अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।





























प्रतिक्रिया