काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डाक्टर प्रकाशशरण महतले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार स्थिर भएपनि उसको प्रवृत्ति भने अस्थिर भएको बताएका छन् ।
काठमाडौंको गोकर्णमा आजबाट सुरु भएको छैठौं तारेभिर महोत्सवलाई सम्बोधन गर्दै सहमहामन्त्री डाक्टर महतले सरकारको अस्थिर प्रवृत्तिका कारण संसद बन्धक बनेको पनि जिकिर गरे। उनले संसद अधिबेशन आव्हान भएको लामो समयसम्ममा पनि सभामुखको निर्वाचनका लागि उम्मेदवार नभेट्टाउनु निकै लज्जास्पद कुरा भएको पनि तर्क गरे ।
उनले संघीय सरकार र प्रदेश सरकारले नारा राम्रा बनाएर पर्यटक नआउने पनि बताए । बिमानस्थलको अवस्था कस्तो छ नबुझेर पर्यटकको संख्या नबढ्ने भन्दै सरकारलाई बिमानस्थलको अवस्था सुधार गर्न र निजगढ बिमानस्थललाई संचालनमा ल्याउन तिर लाग्न पनि आग्रह गरे । उनले सरकारले यति समुहलाई नेपाल ट्रस्टको जग्गा सुम्पेर कमिसन खाएको समेत खुलासा गरे।





























प्रतिक्रिया