उपचारका लागि भारतमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
पौडेलले बुधबार नयाँदिल्लीमा सिंहसँग भेटेका हुन् । भेटमा आफूहरूबीच नेपाल–भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले फेसबुकमा उल्लेख गरेका छन् । ‘भारतका रक्षामन्त्री एवं भाजपाका पुर्व सभापति माननीय राजनाथ सिंहसंग नयाँ दिल्लीमा भेटघाट । भेटमा नेपाल र भारत बीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्था बारे छलफल भएको छ ।’ उनले लेखेका छन् ।
पौडेल उपचारका लागि सोमबार नयाँदिल्ली गएका थिए ।





























प्रतिक्रिया