सुनको मूल्य आठ सय रुपैयाँ घट्यो

सुनको मूल्य आठ सय रुपैयाँ घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुन–चाँदीको भाउ मंगलबार पनि घटेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर ७४ हजार रुपैयाँ आएको छ ।

हिजो (सोमबार) प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज (मङ्‌गलबार) ७४ हजार रुपैयाँमा आइपुगेको हाे।

यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ८०० रुपैयाँले नै घटेर ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ ८ सय ९० रुपैयाँमा कारोबार भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । छोटो समयमा अत्याधिक बढेको सुुनको भाउ केही तल झर्नेक्रममा रहेको हो ।

Logo