सिटिजन्स बैंकले गर्‍यो सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतामा हस्ताक्षर

सिटिजन्स बैंकले गर्‍यो सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतामा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ । गत पुस २८ गते बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी विकास बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन् । दुवै बैंकले आआफ्नो विशेष/वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भनेसर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्ने बताइएको छ । प्राप्तिपश्चात बैंकको कुल शाखा ९९ हुनेछ । सहमतिअनुसार, सहयोगी विकास बैंक लिमिटेडका शेयरधनीहरूले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकामा प्राप्तिपछि चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुने बैंकले जनाएको छ ।
‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात् गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Logo