भीम रावललाई ज्यान मार्ने धम्कीदेखि निकिता चण्डककाे ‘साङ्लो’सम्म (भिडियोसहित)

भीम रावललाई ज्यान मार्ने धम्कीदेखि निकिता चण्डककाे ‘साङ्लो’सम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये २०१७ की मिस नेपाल निकिता चण्डकको ‘डेब्यू’ फिल्म यही माघ २४ मा हेर्न पाईने भएको छ । आम मिस नेपालहरु फिल्ममा जम्न नसकिरहेको तीतो यथार्थ रहेकाबेला निकिता दर्शकमाझ आउन लागेकी हुन् ।

माघ १ देखि भरिएको खुलामञ्च खाली गर्ने काठमाडौं वार्ड नं २८ ले उर्दी जारी गरेको छ भने महानगर संभव छैन भनिरहेको छ । के होला त, माघ १ देखि खुलामञ्च खाली ?  नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले हालकी उपसभामुख डा. शिबमाया तुम्बाहाम्फे सभामुख बन्न नपाउने बताएका छन् । पूर्व गृहमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री निवासका एकजना मानिसले आफूलाई ज्यान मार्ने धम्की दिएको खुलासा गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जवाफ फर्काएका छन् । तर, रावलले भने कस्ले दियो ज्यान मार्ने धम्की ? खुलाएका छैनन् ।

 

Skip This
Skip This
Logo