जनताका अधिकारलाई रोक्ने कुनैपनि विधेयकलाई पास गर्न दिदैनौं : कांग्रेस सहमहामन्त्री

जनताका अधिकारलाई रोक्ने कुनैपनि विधेयकलाई पास गर्न दिदैनौं : कांग्रेस सहमहामन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले जनताका अधिकारको रक्षाका लागि आफूहरु सधैं लड्न तयार रहेको बताएका छन् ।

काठमाडौंमा वीपी कोइराला स्कूल अफ पब्लिक पोलिसीले आयोजना गरेको प्रस्तावित सूचना प्रविधि र विशेष सेवा संगठन विधेयकः नागरिक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले सरकारले संसदमा लैजान लागेको सुचना प्रविधि विधेयकलाई कांग्रेसले पास हुन नदिने जिकिर गरे। उनले प्रस्तावित विधेयकहरु मानव अधिकारलाई कुण्ठित पार्ने र सरकारका गलत कामको विरोध गर्न नपाइने किसिमका भएको भन्दै त्यस्ता विधेयकलाई सदनमा पेस नगर्न सरकारलाई आग्रह गरे।

नागरिकको फोन ट्यापिङ गरेर दुःख दिने मनसायले विधेयकहरु आएको र ती विधेयकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने सहमहामन्त्री महतले बताए । नागरिकलाई दुःख दिन, सामाजिक संजालकर्तालाई जरिवाना र जेल सजायँ गर्नलाई नेकपालाई जनताले मत नदिएको सहमहामन्त्री महतले तर्क गरे । उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप पनि लगाए । महतले नेकपाको सरकार बने देखी नै अर्बौंका भ्रष्टाचारका काण्ड सार्वजनिक भएको भन्दै ती काण्डलाई लुकाउने उद्देश्यले सरकारले जनताप्रती कडा रुपमा प्रस्तुत हुनलाई अहिले सूचना प्रविधि विधेयक सदनमा ल्याउन लागिएको आरोप पनि लगाए ।

Logo