सुन प्रतितोला २ सयले घट्यो

सुन प्रतितोला २ सयले घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुन प्रतितोला ७४ हजार ८ सयमा कारोबार भइरहेको छ । यो आइतबारको भन्दा दुई सयले कमी हो । आइतबार ७५ हजारमा कारोबार भएको सुन शुक्रबार भने ७४ हजार ६ सयमा कारोबार भएको थियो ।

अघिल्लो साताको चौथो दिन बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । विहिबार एक हजार घट्दै ७५ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार ७४ हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज चाँदी भने आइतबारकै प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo