इराकमा रहेको अमेरिकी सैनिक अड्डामा फेरि रकेट आक्रमण

इराकमा रहेको अमेरिकी सैनिक अड्डामा फेरि रकेट आक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा इरानले फेरि रकेट आक्रमण गरेको छ । इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण भएको जनाएको हो ।

बगदादबाट करिव ८० किलोमिटर उत्तरमा रहेको अल–बलाड सैनिक अड्डामा ६ वटा रकेट प्रहार भएको छ । इरानले गरेको यो तेस्रो आक्रमण हो ।

आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् । अमेरिकी सैनिकलाई भने कुनै पनि हानी नपुगेको बताइएको छ ।
एजेन्सी

Logo