ग्लोबल आइएमई बैंकले गर्‍यो सामाजिक सहयोग

ग्लोबल आइएमई बैंकले गर्‍यो सामाजिक सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्य गर्दै आएको बताएको छ ।

Logo