काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले नेपालको प्रशासनिक रुपमा एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले गरेको बताएका छन् ।
आज पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले यस्तो बताएका हुन् । उनले नेपाल र लोकतन्त्र एक अर्काका अभिन्न भएको भन्दै नेपाललाई विकशित बनाउन लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनु पर्ने पनि तर्क गरेका छन् ।
सहमहामन्त्री महतले सरकार कुटनितिक हिसावले असफल साबित भईसकेको पनि बताए । उनले सीमा अतिक्रमण तिर संकेत गर्दै भने, यो सरकार जहाँ संवाद गर्नुपर्ने हो त्यहाँ मौन बस्ने गरेको छ र जहाँ मौन बस्दा पनि हुन्छ त्यहाँ बोल्ने गरेको छ । कांग्रेस लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको लागि लडेको भन्दै अझै पनि यी कुराका लागि लडिरहने प्रतिबद्धता समेत महतले व्यक्त गरे ।
नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई मनलाग्दी गर्न र संविधानको उल्लंघन गर्न जनताले मतदान नगरेको भन्दै महतले अहिलेको सरकार त्यतातिर अग्रसर भएको आरोप लगाए । उनले सरकारले संविधान मिच्ने स्वतन्त्रता खोस्ने काम गरिरहे नेपाली कांग्रेस र नेपाली जनताले त्यसको प्रतिकार गर्ने सरकारलाई चेतावनी दिए।





























प्रतिक्रिया