अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति निराशा

अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति निराशा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई ताकेता गर्दै दोस्रो चौमासिक कार्यप्रगति विवरणलाई परिणाममुखी बनाउन निर्देशन दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले दोस्रो चौमासिक कार्यप्रगतिको प्रारम्भिक समीक्षासमेत थालेको छ । अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति विवरणसमेत अपेक्षाकृत हुन नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

चालूृ आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिक प्रगति विवरणमा अधिकांश मन्त्रालयको नतिजा राम्रो नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयलाई दोस्रो चौमासिकमा भने नतिजा राम्रो ल्याउन ताकेता थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ मंसिरमा मन्त्री तथा सचिवलाई निर्देशन दिँदै दोस्रो चौमासिकमा राम्रो नतिजा प्राप्त गर्न सोही अनुसार रणनीति बनाएर अगाडि बढ्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले त्यस्तो आग्रह गरे पनि अधिकांश मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले आफ्नो मन्त्रालयको कामलाई द्रुत गतिमा अगाडि बढाउन नसकेको पाइएको छ ।

प्रधानमन्त्री ओलीकै निर्देशन अनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य जिम्मेवारी अनुसार प्रभावकारी रूपमा कार्य गरे/नगरेको बारेमा नियमित रूपमा नै अनलाइन मनिटरिङ गर्ने कार्यलाई जारी राख्दै आइरहेको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार मन्त्रालयमा धेरै मन्त्री जागिरेजस्तै बन्दा कामको परिणाम निस्कन नसकेको हो ।
राजधानीबाट

Logo