काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरूको सहभागिता शून्य र न्यून रहेको बताएकी छन् ।
नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा. तुम्बाहाङफेले देशमा लोकतन्त्र आएपनि सत्ता र शासनमा महिलाहरूको सहभागिता शून्य र न्यून रहेको बताएकी हुन् । विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरूको सहभागिता भएपनि महिलाहरूको अवस्था परिवर्तन हुन नसकेको बताइन्-‘महिलाहरूका लागि जति आन्दोलन भएपनि सत्तामा महिलाको संख्या, उपस्थिति र सहभागिता शून्य र न्यून दुवै छ । विगत र वर्तमानलाई हेर्दा उपल्लो चहमा महिलाहरूको सहभागिता छ । तर सत्ताको माथिल्लो तहमा पुग्ने वित्तिकै महिलाहरूको अवस्थामा परिवर्तन हुन्छ भन्ने कुरा होइन रहेछ भन्ने नेपालमा पुष्टि भएको छ ।’
समयलाई व्यवस्थापन गर्न सके असम्भव भन्ने कुनै कुरा नहुने भनेर आफूले पुष्टि गरेको बताउँदै उनले पितृसत्तात्मक सोचको शिकार महिला मात्रै नभएर पुरुष पनि भएको उल्लेख गरिन् । बलियो बनेर बसेको पितृसत्तात्क सोचलाई उन्मुलन गर्न महिलाहरू एकजुट भएर सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसकी सांसद पुष्पा भूसालले ५० प्रतिशत भन्दा बढी जनसंख्या र मतदाता भएका महिलाहरूले अधिकारका लागि आन्दोलन गरेको भएपनि राजनीतिक न्यान नमागेको बताइन्। महिलाहरू अधिकार सम्पन्न दावेदार भएका कारणले पनि अधिकार मागेर नभएर दावी गर्ने समय आएको र यसको नेतृत्व उपसभामुखले गर्नुपर्ने धारणा राखिन् ।
उपसभामुख डा. तुम्बाहाङ्फेद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तकमाथि परिचर्चा कार्यक्रम शनिबार राजधानीमा आयोजना गरिएको थियो ।





























प्रतिक्रिया