जनकपुरधाम ।
धनुषा जिल्लाको मिथिला नगरपालिका ५ का २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको छ । शुक्रबार बिहान ५ बजे मर्निङवाक गएको बेला टिपरले किचेर उनको हत्या गरिएको हो ।
उनी छिमेकीसँग मर्निङवाक गएका थिए । त्यसैबेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको हो ।
महतो अवैध ढंगले हुने खोला उत्खनन्को विरोधी थिए । घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर उनको हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । घटना पश्चात् टिपर चालक फरार छन् भने अहिले घटनास्थलमा स्थानीय भेला भएर घटनाको विरोध गरिरहेका छन् ।





























प्रतिक्रिया