काभ्रेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काभ्रेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

जिल्लाको नमोबुद्ध नगरपालिका–२ बिपी राजमार्ग अन्तर्गत सेल्फिडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको बा २ क ५ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिपरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मुत्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन् । खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौँको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo