नेपालीलाई रोजगारी दिन स्पेन सकारात्मक

नेपालीलाई रोजगारी दिन स्पेन सकारात्मक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले नेपाली युवालाई रोजगारीको अवसर प्रदान गर्न स्पेनसँग आग्रह गरेको छ । स्पेनको एक्स्ट्रमुरा क्षेत्रीय सरकारको संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डा नेतृत्वको टोलीले विहिबार आफूसँग गरेको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कामदार आदानप्रदानमा सहकार्य गर्न चाहेको बताए ।

नेपाल र स्पेनमा धेरै विषयमा समानता रहेको टिप्पणी गर्दै उनले नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व वृद्धिका लागि सहयोग गर्न आग्रह गरे । सो अवसरमा स्पेनी मन्त्री रेन्डोन्डाले नेपाली युवालाई रोजगारीको अवसर दिन आफूहरु अत्यन्त सकारात्मक रहेको बताए । स्पेनलाई नेपाली युवाको आकर्षक गन्तव्य बनाउन सकिए दुवै देशको सम्बन्ध अझ प्रगाढ हुने उनको भनाइ थियो ।
रासस

Skip This
Skip This
Logo