देउवा गुटको सभापति बनेको नेता सिटौलाको आरोप

देउवा गुटको सभापति बनेको नेता सिटौलाको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमा आफु निकट जिल्ला सभापतिहरुले समर्थन जनाएको बताएका छन् ।

बुधबार सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुले दिएको सुझावबाट आफु उत्साहित भएको बताएका हुन् । उनले पुष ११ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु खारेज गर्न जिल्ला सभापतिहरुले समर्थन जनाएको बताए । केन्द्रीय कार्यसमितिको नाउँमा भएका निर्णयहरु पार्टीको हितमा नभएको र १४ औं महाधिवेसनलाई अनिश्चित बनाएको बताए ।

त्यस्तै नेता कृष्ण सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिहरुमाथि एक भएर लडनुपर्ने अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटको मात्र बैठक बसाई निर्णय गरेको बताए । उनले सभापति देउवालाई पार्टीको नभई आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाए ।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने लगायत विभागहरुको संख्या बढाई ४७ बनाउने निर्णय गरेको थियो । त्यस यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकलौटी निर्णय भएको भन्दै आफु निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

Skip This
Skip This
Logo