सुनको मूल्य आज सम्मकै उच्च : ७६ हजार ५ सयमा कारोबार हुँदै

सुनको मूल्य आज सम्मकै उच्च : ७६ हजार ५ सयमा कारोबार हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको चौथो दिन बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भई ७६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

मंगलबार सुन सोमबारको तुलनामा ५ सयले कमी आएको थियो । आज फेरि १ हजारले वृद्धि भएको हो । यो मूल्य आज सम्मकै उच्च हो । यस्तै चाँदीको मूल्यमा पनि आज प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo