इरानमा विमान दुर्घटना भएको केहि बेरमै भूकम्प

इरानमा विमान दुर्घटना भएको केहि बेरमै भूकम्प

केन्द्रबिन्दु
0
Shares

तेहरान ।

इरानमा आज विमान दुर्घटना भएर १८० जनाको मृत्यु भए लगत्तै भूकम्प गएको छ। यहाँको दक्षिण पश्‍चिम क्षेत्रको बुसहरस्थित परमाणु भट्टी केन्द्र नजिकै भूकम्प गएको हो।

आज बिहान ४.९ रेक्टर स्केलको भूकम्प गएको त्यहाँको भूगर्भ विभागले जनाएको छ । भूकम्पको क्षतिबारे थप जानकारी भने आएको छैन ।

आज इरानको तेहरानबाट युक्रेनका लागि उडेको बोइङ ७३७-८०० जेट इरानी राजधानी तेहरानको दक्षिण पश्चिममा पर्ने क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १८० जनाले ज्यान गुमाएका छन् ।

इरानले इराकमा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानको दावी छ।

Skip This
Skip This
Logo