केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनबारे सरकारद्वारा सर्वोच्चमा लिखित जवाफ पेश (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटनबारे सरकारद्वारा सर्वोच्चमा लिखित जवाफ पेश (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रतिनिधिसभा विघटनबारे राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाई गर्दै जारी आदेश अनुसार तीनवटै निकायले लिखित जवाफ पेश गरेका हुन् । यसैबीच लिखित जवाफ पेश गर्दै संघिय संसदका सभामुख अग्नि सापकोटाले भने संसद विगठन असंवैधानिक भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बबरमहलमा (अनेरास्ववियू)ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा राष्ट्रपति विद्यादेवी भण्डारी शालीन, भद्र र असाधारण देशभक्ति भएको भन्दै सह्राना गरेका छन् । प्रधानमन्त्री ओलीले देशमा तोकिएकै समयमा चुनाव हुने पनि दावी गरेका छन् । यता संसद् विघटनका सम्बन्धमा सभामुख अग्नि सापकोटा किर्ते कामको साक्षी बसेकोमा लज्जाबोध भएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

छिमेकी देश भारतले कोभिड–१९ विरुद्धको दुई वटा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । औषधि नियामक संस्थाले अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिनको आपतकालिन अनुमति दिएको हो । भारतले यसै वर्ष करिब ३० करोड व्यक्तिलाई खोप दिने योजना पनि अघि सारेको छ ।

प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ ले जितेको छ । दाङको लमहीमा सम्पन्न खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको एपिएफले पूरा २० ओभर खैल्दै ७ विकेट गुमाउँदै ९९ रन मात्र बनाउँदा एपिएफले उपाधी गुमाएको हो ।

पछिल्लो समय शेयर बजारमा परिसूचक नेप्सेले निरन्तर नयाँ नयाँ रकेर्ड राख्दै आएको छ । साताको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भइ नयाँ रेकर्ड कायम गरेको हो । यस्तै सेयर कारोबार रकममा पनि उल्लेख्य सुधार भएको देखिएको छ ।

Skip This
Skip This
Logo