नेपाल फोटो प्रतियोगिताको सातौँ संस्करण हुँदै

नेपाल फोटो प्रतियोगिताको सातौँ संस्करण हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ ।

ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता शुरु भएको घोषणा गरे । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन सक्नेछन् । प्रतियोगितामा विदेशी नागरिक र विदेशमा खिचिएको फोटोलाई समावेश गरिने छैन । खेलकूद विधामा नेपाल बाहिर खिचिएको तस्वीरलाई समावेश गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ प्रबन्धक सुरज राजवाहकले पाँच वर्षदेखि कम्पनीले फोटो प्रतियोगितामा क्लबसँग सहकार्य गर्दै आएको बताए ।आईतबारबाट सुरु हुने दर्ता प्रक्रिया माघ १७ मध्यरातमा १२ बजे बन्द हुनेछ ।

Skip This
Skip This
Logo