रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस-सुन्तली फाउन्डेसनलाई दियो २५ लाख

रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस-सुन्तली फाउन्डेसनलाई दियो २५ लाख

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्गत राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस-सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।

रंगशाला निर्माणाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैंयाँ प्रदान गरेका हुन् । रंगशाला निर्माणमा सहयोग पुग्ने हिसाबले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो।

‘यस अघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ’ थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ।’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।

रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ। २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने र ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहनेछन् । मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदानसमेत हुनेछन्।

Skip This
Skip This
Logo