काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचार मध्ये सबै राजनीतिक दलका उम्मेदवारहरुले हरेक प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको छ ।
आगामी पुस २३ गतेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते सम्मका लागि सरेको छ । १० महिना अघिसम्म जापान अध्ययनका लागि मात्र खुला थियो । तर गत चैतमा नेपाल र जापानबीच एमओसी सम्झौता भएपछि नेपाली कामदार श्रमिक भिषामा बाटो खुल्यो । अहिने २३०० कामदार जापानले मागेको हो ।
सिरियाली राष्ट्रपति बसर अल–असद विरोधी आन्दोलनलाई सरकारले कडा रूपमा दवाउन खोजेपछि २०११ सालबाट गृहयुद्धमा फस्यो । सिरियामा ९ वर्षको अवधीमा २२ हजार बालबालिका र १३ हजार महिलासहित तीन लाख बढीको ज्यान गएको छ ।
हरेक सन्तानले बृद्धबृद्धा आमाबुबाको खातामा आम्दानीको १० प्रतिशत रकम जम्मा गर्नु पर्ने प्रावधान हटेको छ । तर जेष्ठ नागरिकको जीवनयापनमा समस्या देखिएकमा सन्तानबाटस्थानीय रकम लिएर हेरचाहका लागि उपलब्ध गराउन सक्ने व्यवस्था भने राखेको छ ।





























प्रतिक्रिया