नेपाली सेनाको स्वास्थ्य शिविरमा ३४ हजार जनाको उपचार

नेपाली सेनाको स्वास्थ्य शिविरमा ३४ हजार जनाको उपचार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली सेनाले नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने उद्देश्य सहित स्वास्थ्य सेवा नपुगेको स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।

सेनाले मंसिर २७ देखि पुष ६ गतेसम्म महोत्तरीको सोनमा गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको हो । आइतबार पत्रकार सम्मेलन गरी नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले शिविरमा ३४ हजार १ सय ७२ जनाको स्वास्थ्य उपचार गरिएको र ३ सय ३९ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । स्वास्थ्य शिविरमा १ सय ८० जना चिकित्सकहरु र १ सय १० जना अन्य स्वास्थ्यकर्मीहरुले सेवा दिएको समेत उनले जानकारी दिए ।

नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य सेवा नपुगेका ठाउँहरुमा शिविर मार्फत स्वास्थ्य सेवा दिदै आएको जनाएको छ । जस अनुसार ०७४ सालमा १ सय ३३ स्थानमा, ०७५ मा २ सय ६४ स्थानमा र २०७६ को अहिले सम्म ८३ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ ।

Logo