आजदेखि मौसममा सुधार हुने

आजदेखि मौसममा सुधार हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज (आइतबार) देखि देशभरिकै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जननाएको छ । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविदहरुले बताएका छन् ।

अहिले काठमाडौंसहित देशका केही ठाउँमा घाम लागिरहेको छ भने कुहिरो पनि दिउँसोपछि हट्दै जाने र सोमबार सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।

तर मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

Logo