प्युर्टोरिकोमा कार र घोडा ठोक्किएर दुर्घटना भएको छ । डेलीमेलका अनुसार घोडा कारसँग ठोक्किएपछि कारमा अड्किएको थियो ।घोडाको शरीर कारभित्र पसेको थियो भने टाउको झ्यालबाट बाहिर निस्किएको थियो ।
कारका ड्राइभर रान्चारो दुर्घटनाबाट बच्न सफल भएका छन् । घोडा कारमा ठोक्किने समयमा ड्राइभर कार छाडेर भागेको जनाइएको छ।प्युर्टोरिकोको आपताकालिन सेवाले दुर्घटना भएको केही समयपछि उक्त घोडाको उद्धार गरेको थियो ।
घोडाको विभिन्न अंगमा चोट लागेको जनाइएको छ। यो दुर्घटनालाई सामाजिक संजाल प्रयोगकर्ताहरूले अचम्मलाग्दो भनेर शेयर गरिरहेका छन् । घोडा मालिक माचितो स्वीङले कारमा भएको क्षतिको रकम व्यहारेको जनाइएको छ ।































प्रतिक्रिया