कपिलवस्तु ।
कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कपिलबस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो ।
सांसद शाहले कलाकार श्यामकुमार मिश्रमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लागेको छ । मिश्रले शाहले आफूलाई घरमा बोलाएर नशालु पदार्थ सुँघाइ बेहोस बनाएर ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।





























प्रतिक्रिया