उखु किसानको पीडादेखि गोर्खाली सेनाको व्यथासम्म (भिडियो बुलेटिन)

उखु किसानको पीडादेखि गोर्खाली सेनाको व्यथासम्म (भिडियो बुलेटिन)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश नं. ३ प्रहरीले निर्देशन दिएको छ । सरुवा गरिएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि प्रदेश नम्बर ३ प्रहरी कार्यालयले अल्टिमेटमसहित उनलाई पत्राचार गरेको हो ।

यस्तै स्थानीय निकायले नसुनेपछि सर्लाहीका उखु किसानहरु यतिबेला काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् । एक सातादेखि आन्दोलनमा रहेका उनीहरुले बाँकी रहेको सम्पूर्ण रकम माघ ७ गतेभित्र भुक्तानी दिलाउन सरकारलाई अल्टिमेटम दिएका छन् । यता वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन् ।

उता भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका २५ वर्षिय अर्जुन थापा मगर रहेका छन् । यस्तै विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने ब्यबस्था भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैंयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो ।

प्रस्तुत छ, विस्तृत बुलेटिन:-

 

Skip This
Skip This
Logo