बीमा समितिमा कर्मचारी अभाव

बीमा समितिमा कर्मचारी अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको बीमा समितिले जनाएको छ ।

पछिल्लो समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा र्निजीवन बीमा कम्पनी र एउटा पुर्नबीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । संख्यात्मक रुपमा बढ्दै गएको बीमा कम्पनीहरु र तिनले बढाउँदै गएको व्यवसायलाई नियमन तथा सुपरिवेक्षण गर्न अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्या प्रयाप्त छैन । बीमा समितिसँग अहिले करिब ७५ जना कर्मचारी रहेको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताए । यसरी हेर्दा एक बीमा कम्पनीलाई नियमन तथा सुरिवेक्षण गर्न समितिसँग २ जना कर्मचारी पनि छैनन् । अध्यक्ष चापागाईंले बीमा कम्पनीहरुको व्यवसाय पछिल्लो तीन वर्षमा ५ प्रतिशतबाट बढेर २२ प्रतिशतसम्म पुगेको र वैदेशिक रोजगारमा जानेहरुको बीमालाई पनि जोडदा २७ प्रतिशत सम्म पुग्ने उल्लेख गर्दै अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्याले अहिलेकै प्रणाली मार्फत नियमन गर्न नसकिने अवस्था आएको बताए । उनले आगामी आर्थिक वर्षमा कर्मचारीको संख्था थप्ने योजना भएपनि बजारमा दक्ष कर्मचारी पाउन मुस्किल हुने बताए ।

अध्यक्ष चापागाईंले कर्मचारीको संख्या कम भएपनि समितिको नियमनलाई बलियो र प्रभावकारी बनाउँदै लगेको बताए । उनले पछिल्लो समय नियमनलाई थप प्रभावकारी बनाउन जोखिममा आधारित निरिक्षण र सुपरिवेक्षण गर्ने तयारी गरेको समेत जानकारी दिए । उनले विगत दुई वर्षदेखि परिपालनमा आधारीत निरिक्षण प्रणालीलाई अवलम्बन गरेको तर कर्मचारीको अभाव हुँदा अव भने जोखिममा आधारित निरिक्षण प्रणालीलाई अवलम्बन गर्न लागिएको जानकारी दिए ।

Skip This
Skip This
Logo