काठमाडौँ ।
नेपाली कांग्रेसले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट आज उम्मेद्वारको नामावली तय गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको अहिले बस्ने बैठकले राष्ट्रिय सभाका लागि कसलाई उम्मेद्वार बनाउने भन्ने टुंगो लगाउने केन्द्रीय सदस्य प्रकाश शरण महतले जानकारी दिए । आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि दलहरुले आइतबारसम्ममा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्नेछ । निर्वाचन आयोगले प्रकाशन गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार आज मतदाता नामावली प्रकाशन गरिनेछ । आज प्रकाशन गरिएको मतादाता नामावलीमा दावी विरोधको उजुरीमाथि छानविन गरी भोलि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।





























प्रतिक्रिया