मेक्सिको ।
कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर अवस्थालाई आफ्नो नियन्त्रणमा लिएको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।
रासस/सिन्ह्वा





























प्रतिक्रिया