लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा विभागीय टोली एपिएफविरुद्ध प्रदेश १ ले पहिला ब्याटिङ सुरु गरेका छन् ।
आज भएकाे टसमा प्रदेश १ की कप्तान रुविना क्षेत्रीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । राष्ट्रिय खेलाडीले भोरिएको यी दुई टोलीमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना र उपकप्तान सीता रानामगर हुँदा खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
एपिएफ समूह ए बाट तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । साथै प्रदेश १ ले पनि ३ खेल जित्दै फाइनल पुगेकाे हाे ।































प्रतिक्रिया