राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीको पछिल्लो कदमले बैकल्पिक शक्ति निर्माणमा गम्भिर प्रश्न खडा गरेको टिप्पणी गरेका छन् । समाजवादीका नेता उपेन्द्र यादवले दुईवर्ष सत्ताको स्वाद चाखेर अपमानित हुँदै बाहिरिनु परेको भन्दै नेता महतोले यसबाट पार्टी एकिकरणमा समेत असर परेको बताए ।
केन्द्रबिन्दु अनलाईन टेलिभिजनसँगको विशेष अन्तर्वार्तामा नेता महतोले आफ्नो पार्टी सरकारमा जान्छ कि भनेर भईरहेको अड्कलबाजी मूल्यमान्यताको राजनीतिमाथीको आक्रमण भएको बताएका छन् । समाजवादीको सत्ताबहिर्गमनसँग राजपाको कुनै पनि सम्बन्ध नरहेको भन्दै महतोले आफू र आफ्नो पार्टी नीतिगत मूल्यमान्यता र सिद्धान्तमा अडिग रहेको दाबी गरे ।
राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ नेकपासँगको गठबन्धन नीति र सिद्दान्तको गठबन्धन नभएर भोटको लेनदेन मात्र भएको उल्लेख गर्दै महतोले आफ्नो सीट सुरक्षित गर्नु राजनीतिक धर्म भएको दाबी गरे । आफ्ना माग पुरा गर्ने सन्दर्भमा सरकारसँग आशा रहेपनि भरोसा नभएको टिप्पणी गर्दै महतोले सरकारको कदम अनुसार आफूहरु प्रस्तुत हुने बताए । “तर अबको आन्दोलन चाहिं पहिला जस्तो क्षेत्रिय तहको हुँदैन, राष्ट्रिय आन्दोलन हुन्छ”, महतोले भने ।
प्रस्तुत छ, महतोसँग केन्द्रबिन्दु अनलाईनका राजनीतिक ब्युरो प्रमूख प्रकाश लुईटेलले गरेको अन्तर्वार्ताको सम्पादित अंश ।































प्रतिक्रिया