प्रदेश १ र एपीएफबीच उपाधि भिडन्त आज

प्रदेश १ र एपीएफबीच उपाधि भिडन्त आज

केन्द्रबिन्दु
0
Shares

लमही । लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा आज विभागीय टोली एपिएफ र प्रदेश १ भिड्दै छन् ।

देउखुरी क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल बिहान ११ बजबाट सुरु हुनेछ । आजको खेलमा दुबै टोलीको लक्ष्य उपाधि जित्ने हुनेछ । साविकको विजेता समेत रहेको एपीएफ आजको खेलमा सहज जित निकाल्दै उपाधि जित्ने योजनामा छ । तर, बलियोे प्रदेश १ विरुद्ध एपीएफलाई जित निकाल्न सहज भने छैन।

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको प्रदेश १ पहिलो पटक उपाधि उचाल्ने योजनामा रहेको छ । प्रदेश १ पनि एपिएफलाई हराउँदै पहिलो उपाधि जित्न चाहन्छ । दुवै टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता छ । यी दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका कारण फाइनलमा अग्नीपरिक्षा हुनेछ ।

यस पटक भने एपिएफलाई उपाधि रक्षा गर्न सहज हुने देखिदैन । एपिएफ आफ्नो इतिहासलाई रक्षा गर्न चाहँदा फेरिएको प्रदेश १ इतिहास रच्न चाहन्छ । एपिएफ समूह ए बाट तीनै खेलमा अपराजित रहँदै सेमिफाइनल हुँदै फाइनलमा पुगेको हो ।

प्रदेश १ समूह बी बाट अपराजित हुँदै फाइनलमा पुगेको हो । प्रदेश १ ले पति तीनै खेमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने भएका छन् । उप-विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले २५-२५ हजार प्राप्त गर्नेछन् ।

Logo