काठमाडौं ।
सांसदहरूले निजामती सेवामा जातीय आधारमा दिइने आरक्षण ७० प्रतिशत बनाउन प्रस्ताव गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले खुला प्रतिस्पर्धालाई ३० प्रतिशतमा झारेर ७० प्रतिशत आरक्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी विधेयकमाथि सोमबार भएको छलफलमा सांसदले निजामती सेवामा आरक्षण ७० र खुलामा ३० प्रतिशतको प्रस्ताव राखेका हुन् ।
हाल निजामती सेवामा रहेको ४५ प्रतिशत आरक्षण र ५५ प्रतिशतमा खुला प्रतिस्पर्धालाई संशोधन गरी ७० प्रतिशत आरक्षण र खुलामा ३० प्रतिशत बनाउनुपर्ने प्रस्ताव सांसद यशोदा सुवेदी गुरुङ, रेखा शर्मालगायतले गरेका हुन् । विधेयकमाथिको छलफलमा अन्य केही सांसदले समानुपातिक आरक्षण र खुलामा ५०–५० प्रतिशत राखेर जान सकिने बताएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले समानुपातिक आरक्षण र खुला प्रतिशतका विषयमा आवश्यक गृहकार्य गर्न भन्दै समय मागेका छन् । मन्त्रीले थप छलफलका लागि भन्दै समय माग गरेपछि समितिले आगामी शुक्रबारसम्म ठोस प्रस्ताव ल्याउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
राजधानीबाट





























प्रतिक्रिया