विप्लवका मोरङ प्रमुखसहित ३ कार्यकर्तालाई पक्राउ

विप्लवका मोरङ प्रमुखसहित ३ कार्यकर्तालाई पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाई विप्लव समूहका मोरङ प्रमुख हुन्  ।

जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको छ ।

Skip This
Skip This
Logo