विश्‍वविद्यालयकाे संख्या थप्दैमा शिक्षाको गुणस्तर सुधार हुन्न- शिक्षामन्त्री पाेखरेल

विश्‍वविद्यालयकाे संख्या थप्दैमा शिक्षाको गुणस्तर सुधार हुन्न- शिक्षामन्त्री पाेखरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एउटा विश्वविद्यालयको नक्कल गरी अर्को विश्वविद्यालय खडा गर्दैमा शिक्षाको गुणस्तरमा सुधार नहुने बताएका छन् ।

नेपाल प्राध्यापक संघले आइतबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्न नसके शिक्षाको गुणस्तरको समस्या समाधान हुन नसक्ने बताएका हुन् । उनले थपे ‘‘विश्व विद्यालयहरु स्थापना भएपनि आफ्नो छुट्टै औचित्य ठीक ढंगले पुष्टि गर्न नसकिरहेको सन्दर्भमा एउटा विश्व विद्यालयको नक्कल गर्नेगरी अर्को विश्वविद्यालय खडा गरेर समस्या समाधान नहुने बताए, हामीले विशिष्टिकृत ढंगको भूमिका निर्वाह गर्नुपर्ने छ, नयाँ ढंगले भूमिका खेल्नु छ , अहिलेको नीतिले नेपाललाई शिक्षाको महत्वपूर्ण हवको रुपमा विकास गर्ने अवधारणा लिएर आएको छ ।’’

उनले शिक्षाको गुणस्तर निर्माणमा प्राध्यापकहरुको महत्वपूर्ण भूमिका रहकोले पेशागत हकहितको प्रश्नलाई गुणात्मक शिक्षाको प्रश्नसँग जोडेर समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले राष्ट्रको निर्माण तथा नीति निर्माणमा प्राध्यापकहरूले दिने शिक्षाको महत्वपूर्ण योगदान रहने बताए । उनले विश्वविद्यालयको प्रमुख खम्बा प्राध्यापकहरु भएकाले उहाँहले दिने अनुसन्धानात्मक तथा खोजमुलक शिक्षाले देशको भविश्य निर्माण गर्ने बताए।

कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि प्राध्यापकहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । नेपाल प्राध्यापक संघले नयाँ कार्यसमिति चयन भएपछि प्रमाण पत्र वितरण, कार्यभार हस्तान्तरण तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

Skip This
Skip This
Logo