काठमाडौं ।
शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. द्वारा हालै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत कराते तर्फ दोहोरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठलाई एक कार्यक्रमवीच भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठबाट सम्मान पत्र सहित नगद १५००० सहित सम्मान गरिएको छ । कार्यक्रमका सभापति एवं संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता दिदै सहकारीलाई अगाडि बढाउने बताए ।
बिकेश, अनु र विप्लव सम्मानित
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका गोलरक्षक तथा १३ औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्णधारी बिकेश कुथु, अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।
काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौं खेलकुद दिवसको अवसर पारेर सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै करोतका प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई पनि सम्मान गरिएको छ ।
बिकेशलाई दोसल्ला र सम्मानपत्र र मायाको चिनोले तथा अन्य खेलाडी तथा प्रशिक्षकलाई दोसल्ला र मायाको चिनोले सम्मानित गरेको हो ।
बिकेशको सम्मानपत्रमा १२ औं र १३ औं सागमा स्वर्णपदक विजेता, बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र नेपाली फुटबललाई नयाँ उचाईमा पु¥याउन योगदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सफलताको कामना गरेको छ ।
उनीहरुलाई किन्ड गार्डेनका प्रिन्सिपल कुमुद भट्ट, निर्देशक इन्दिरा चौलागाई र अध्यक्ष चण्डिका प्रसाद भट्टले सम्मानित गरे । सातौ खेलकुद दिवसमा विभिन्न ३० इभेन्ट्समा १ सय ७५ विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।































प्रतिक्रिया