सिरियाली सहरबाट २ सातामै २ लाख ३५ हजार विस्थापित

सिरियाली सहरबाट २ सातामै २ लाख ३५ हजार विस्थापित

केन्द्रबिन्दु
0
Shares

मस्को ।

रुसी र सिरियाली सुरक्षाफौजको सैन्य कारवाही तिव्र हुँदा दुई हप्ताकै अवधिमा इडलिब क्षेत्रबाट २ लाख ३५ हजार मानिस भागेका छन् । गत डिसेम्बर १२ देखि २५ सम्ममा दक्षिण इडलिबको मारेत अल नुमान क्षेत्रबाट स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका हुन् ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो जनाइएको हो । राष्ट्रसंघीय अन्तर्राष्ट्रिय मिडियाका अनुसार हाल सिरियाको इडलिब क्षेत्र लगभग खालीजस्तै छ । डिसेम्बर १९ यता सिरियाका दर्जनौं सहर हतियारधारी समूहको कब्जामा छन् । अगस्टको अन्त्यदेखि ४ लाख मानिस विस्थापित भएका छन् ।
अन्नपूर्णबाट

Logo