दुग्धजन्य पदार्थको विविधीकरण आवश्यक : मुख्यमन्त्री पोखरेल

दुग्धजन्य पदार्थको विविधीकरण आवश्यक : मुख्यमन्त्री पोखरेल

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दुग्धजन्य पदार्थको गुणस्तरमा कोहीसँग सम्झौता नगर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल डेरी एशोसिएशनको २१ औँ केन्द्रीय साधारणसभाको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले दुग्धजन्य पदार्थको विविधिकरण आवश्यक रहेको बताए । दुग्धजन्य पदार्थको गुणस्तरमा विशेष ध्यान दिन मुख्यमन्त्री पोखरेलले आग्रह गर्दै बजार विस्तार गर्नु अहिलेको आवश्यकता रहेको औँल्याए ।

विरोधको नाममा कृषिजन्य वस्तु सडकमा फाल्ने, नास गर्ने काम राम्रो नभएको उनले आफूले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई माया गर्नुपर्ने बताए । “दूधको मूल्य पाएनौँ भनेर दूध पोख्नु गलत हो, विद्यालयमा गएर निःशुल्करूपमा बालबालिकालाई वितरण गरेर पनि विरोध गर्न सकिन्थ्यो । यसरी पनि सरकारको ध्यानाकर्षण गराउन सकिन्थ्यो”, मुख्यमन्त्री पोखरेलले भने ।

Skip This
Skip This
Logo