कुलमान घिसिङद्वारा आँखा दानकाे घोषणा

कुलमान घिसिङद्वारा आँखा दानकाे घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने भएका छन् ।

तिलगंगा आँखा अस्पतालमा शनिबार आयोजित मरणोपरान्त आँखाको नानी दान गर्नेहरुका सम्झनामा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन् । बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्ने भन्दै उनले विद्युत्‌मा अझै आत्मनिर्भर हुन नसके पनि आँखा रोगको उपचारमा आत्मनिर्भर भएको बताए ।

कार्यक्रममा ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले ७ वटै प्रदेशमा डोनेसन सेन्टर बनाउनुपर्ने बताउदै अंग दान गर्न आग्रह गरे । कार्यक्रममार्फत नेपाल आँखा बैँकको अक्षय कोष स्थापना गरिएको छ ।

Logo