मृत्युदण्डको फैसलाविरुद्ध मुशर्रफले दिए पुनरावेदन

मृत्युदण्डको फैसलाविरुद्ध मुशर्रफले दिए पुनरावेदन

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद ।

पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएका छन् । पाकिस्तानको विशेष अदालतले गत साता उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको थियो ।

७६ वर्षीय नेता मुशर्रफमाथि ६ वर्षदेखि देशद्रोहको मुद्दा चल्दै आएको थियो । मुशर्रफले शुक्रबार लाहोर अदालतमा विशेष अदालतको फैसलाविरुद्ध ८६ पेज लामो निवेदन दिएका हुन् । मुशर्रफको पुनरावेदनमाथि न्यायाधीश मजहिर अली अकबर नक्बीको पूर्ण इजलासले जनवरी ६ का दिन सुनुवाइ हुने बताइएको छ ।

पाकिस्तानको इतिहासमा मृत्युदण्डको सजाय पाउने मुशर्रफ पहिलो सैन्य प्रमुख हुन् । तत्कालिन प्रधानमन्त्री नवाज सरिफको सरकारलाई अपदस्थ गर्दै मुशर्रफ १९९९ मा सत्तामा आएका थिए ।
एजेन्सी

Logo