काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरू मध्ये नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफैले बनाएको ऐन नियमको अक्षरस पालना गराउने सन्र्दभमा सरकार दृढताका साथ अघि बढ्न नसकेको गुनासो गरेका छन्
शुक्रबार राजधानीमा आयोजित पारिवारिक निजी बन संघ नेपालको दोश्रो संघीय महाधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले शक्तिशाली भएर पनि सार्वजनिक जग्गा मिच्ने तथा हड्प्ने प्रवृत्तिको अन्त्य गर्ने सवालमा सरकार दृढताका साथ अघि बढ्न नसकेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सकृयता र क्रियाशिलता बढाउदा सफलता हासिल गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताएका छन् । केन्द्रबिन्दुसँग कुराकानी गर्दै प्रबक्क्ता कोइरालाले विभिन्न कार्यालय र क्षेत्रहरुबाट आएको जनगुनासोका आधारमा सकृयता बढाएको बताए ।
काठमाडौंमा १० लाख बढी सवारीसाधन गुड्ने गरेका छन् भने दैनिक औसत ३५ सानाठुला दुर्घटना हुने गरेको ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । जसमध्ये सवारी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको संख्या पनि अधिक रहेको छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट ७८ जनाले ज्यान गुमाएका छन्
केहि दिन यता राजधानी काठमाडौं लगायत देशैभरि चिसो बढेको छ । काठमाडौंको तापक्रम भने विहिबारको तुलनामा केहि बढेको छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहने चिकित्सकहरुले बताएका छन् । जाडोमा बढी हृदयाघातको सम्भावना रहने भएपछि चिकित्सकहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन सुझाव दिएका छन् ।
विस्तृत समाचार हेरौं यो भिडियोमा































प्रतिक्रिया