ट्राफिक प्रहरीकाे कडाइदेखि गोकर्ण रिसोर्टको चर्चासम्म (भिडियाेसहित)

ट्राफिक प्रहरीकाे कडाइदेखि गोकर्ण रिसोर्टको चर्चासम्म (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरू मध्ये नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्टको जग्गा लिज समय नसकिदै लिजको समय थपिएको भन्दै त्यसबारे सदनलाई जानकारी गराउन माग गरेपछि सरकारको तर्फबाट ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले विहिबारको राष्ट्रियसभाको बैठकलाई लिजबारे स्पष्ट पारेका हुन् । नेपाल सरकारले नेपाल ट्रस्टको चल अचल सम्पत्तिको प्रयोग कानूनले निर्देशन गरे अनुसार नै गरेको दाबी गरे ।
उनले सरकारले गरेका कामको गुण दोषको आधारमा दृष्टिकोण बनाउन पनि आग्रह गरे । केही भुलबस भएका कुरालाई जबरजस्ती पक्षपोषण गर्नुपर्ने कुरा पनि नगर्न र सरकारले ल्याएपछि विरोध विरोध गर्ने पर्छ भन्ने मान्यता उचित नभएको तर्क गरे ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ८३ प्रतिशत उपलब्धी मध्ये ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा रहेको बताएका छन् ।

प्रहरीले ट्राफिक नियम उल्लङ्घन विरूद्ध चलाएको विशेष कार्यक्रम ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनाको आठ दिनमा मात्रै १५ हजार बढीलाई कारवाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिँदै सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न शुरु उक्त अभियानका क्रममा यसरी सवारी चालकलाई कारवाही गरिएको हो ।
बिहीबारदेखि देशभर चिसो बढेको छ । बुधबारभन्दा झण्डै २ डिग्री सेल्सियस घटेर बिहिबार काठमाण्डौको यो वर्षको अहिलेसम्मकै कम बिन्दुमा पुगेको हो । बिहान ६ बजे १ डिग्री सेल्सियस मापन गरिएको काठमाडौको तापक्रम विस्तारै घटेर शून्य दशमलव ९ डिग्री सेल्सियस सम्म झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विस्तृत समाचार हेरौं यो भिडियोमा

Skip This
Skip This
Logo