काठमाडौं ।
पर्यटनसँग सम्बन्धित र आधिकारिकता पुष्टि नभई आएका समाचारहरु प्रति नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल एजेन्टसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै एसोशियसनले यस्ता समाचारहरु लेख्दा जुनसुकै संचारमाध्यमले पनि विचार पुर्याउनु पर्ने जनाएको छ ।
अध्यक्ष सिएन पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ , केही समय यता पर्यटनसँग सम्बन्धित नाटा सदस्य थामसेर्कु ग्रुप अफ अर्गनाइजेशन र अन्य केहि कम्पनी तथा कम्पनीका सञ्चालकहरुलाई निशाना बनाई पर्यटन व्यवसायमा उल्लेखीय योगदान पु¥याएका व्यवसायिक प्रतिष्ठान तथा सञ्चालकहरुलाई निरुत्साहित पार्ने उद्देश्यले केही पत्रपत्रिकाहरु प्रकाशित समाचारहरु प्रति नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा) को ध्यान आकर्षण भएको छ ।
कानूनी राज्यको अवधारणा र प्रणालीलाई आत्मसाथ गरी अघि बढेका सम्पूर्ण उद्योगी तथा व्यवसायीहरु लगानी गर्न निरुत्साहित हुने हुँदा यस्ता समाचारले हाल मुलुकमा बन्दै गएको लगानीको बातावरणलाई दुषित बनाउने देखिन्छ ।
अतः पर्यटन व्यवसाय निरुत्साहित हुनेगरी आएका समाचारहरु प्रति यो संघ दुःख प्रकट गर्दछ । यो मुलुकले लिएको दिगो विकास र आर्थिक समृद्धिको अभियानलाई ओझेलमा पारी संघारमै रहेको नेपाल भ्रमण वर्ष २०२० लाई असर पुग्ने हुँदा यस्ता समाचाहरुको आधिकारिकता प्रमाणित नभई समाचार प्रकाशन गर्नुअघि प्रकाशन गृहले समेत विचार पु¥याउनु पर्ने हुन्छ ।





























प्रतिक्रिया